Mandatory Internship Added in BScAg Curriculum
(Source: ChitwanPost National Daily 2062 Phalgun 3)
२०६२ साल फागुन ३ गते बुधबार
कृषिमा स्नातक तहको पाठ्यक्रम परिवर्तन गर्ने गृहकार्य
वसन्त पराजुली
२०६२ साल फागुन ३ गते बुधबार रामपुर । कृषि विषयमा स्नातक गर्ने विद्यार्थीले
पनि अब ६ महिनाको इन्टर्नशीप गर्नुपर्ने भएको छ । कृषि तथा पशु विज्ञान अध्ययन
संस्थान रामपुरले स्नातकका विद्यार्थीलाई ६ महिने इन्टर्नशीप गर्नुपर्ने
व्यवस्था सहित पाठ्यक्रम परिवर्तन गर्ने गृहकार्य शुरु गरेको छ । संस्थानका डिन
प्रा. डा. दुर्गादत्त ढकालका अनुसार शैक्षिक सत्र २०६४-६५ देखि लागू हुने गरी
कृषिको स्नातक तहमा इन्टर्नशीप लागू गरिने गरी गृहकार्य संस्थानले अगाडि बढाएको
छ । संस्थानले पशु चिकित्सातर्फ स्नातक तहमा ६ महिने इन्टर्नशीपको व्यवस्था
सहितको पाठ्यक्रम संचालन गर्दै आएको छ । यस्तै मेडिकल शिक्षामा पनि स्नातक तहका
विद्यार्थीले एक वर्ष इन्टर्नशीप गर्नुपर्ने व्यवस्था छ । व्यवहारिक शिक्षाका
लागि इन्टर्नशीप आवश्यक पर्ने बताइएको छ । इन्टर्नशीपको अवधिमा विद्यार्थीले
कृषक एवं कृषि जन्य वस्तुको उत्पादन एवं व्यवसायमा संलग्न व्यक्तिहरुसगै रहेर ६
महिनासम्म कार्य गर्नुपर्ने हुन्छ । जसले अध्ययन पूरा गर्ने विद्यार्थीले
प्रत्यक्ष रुपमा व्यवहारिक शिक्षा पाउने छन् । कुनै पनि पाठ्यक्रम परिवर्तनका
लागि सम्बन्धित विषय समितिको सिफारिशमा सम्बन्धित अध्ययन संस्थानको विद्या
परिषद्ले गरेको निर्णयलाई त्रिविको प्राज्ञिक परिषद्ले निर्णय गर्नुपर्ने हुन्छ
। विद्या परिषद्को संयोजक र प्राज्ञिक परिषद्को सदस्य समेत रहनु भएका संस्थानका
डिन प्रा।डा। ढकालले कृषिमा स्नातक तहका विद्यार्थीको पाठ्यक्रम परिवर्तन गर्ने
प्रकि्रया शुरु भइसकेको बताउनुभयो । हरेक पाच वर्षमा पाठ्यक्रम परिवर्तन
गर्नुपर्ने व्यवस्था छ सोही अनुसार नै पाठ्यक्रम परिवर्तनमा गर्न लागिएको हो ।
नया पाठ्यक्रम कस्तो बन्छ भन्ने जिज्ञासामा डिन ढकालले भन्नुभयो;कृषि नविनतम
विद्या हो समयानुकूल परिवर्तन हुनेछ। संस्थानले कृषिमा स्नातकका लागि सन् २००२
मा यस अघि पाठ्यक्रम परिवर्तन गरेको थियो । सो अवसरमा संस्थानले वार्षिक
प्रणालीको पाठ्यक्रमबाट सत्रान्त प्रणालीको पाठ्यक्रम परिवर्तन गरेको थियो ।
वार्षिक प्रणालीको पाठ्यक्रमका आधारमा हरेक एक वर्षमा परीक्षा हुने गरी
पाठ्यक्रम तयार गरिएको हुन्छ भने सत्रान्त प्रणालीमा हरेक महिनामा परीक्षा
हुनेगरी पाठ्यक्रम तयारी गरिएको हुन्छ । परिवर्तित पाठ्यक्रम पनि सन्त्रान्त
प्रणालीमा रहने र त्यसमा इन्टर्नशीप कार्यक्रम थप गरिने तयारी भइरहेको छ ।
परिवर्तित पाठ्यक्रममा हाल देखिएका कमी कमजोरीहरुलाई सुधारिने पनि बताइएको छ ।
कृषि एवं पशु प्राविधिक उत्पादन गर्ने त्रिभुवन विश्वविद्यालयको एक मात्र निकाय
कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत चितवनको रामपुर रुपन्देहीको
पक्लिहवा र लमजुगको वेसीशहरमा क्याम्पस संचालन भइरहेको छ । पक्लिहवा र
वेसीशहरमा स्नातक तहको मात्र कक्षा संचालन भएको छ भने रामपुरमा स्नातक तहदेखि
विद्यावारिधीसम्म कक्षा संचालन हुने गर्दछ । कृषिको स्नातकमा चार वर्ष अघि
पाठ्यक्रम परिवर्तन गरिएको हो । सो पाठ्यक्रममा अध्ययन गर्ने पहिलो ब्याजका
विद्यार्थीहरु यसै वर्ष पढाई पूरा गर्दै छन् । अर्थात् एउटा शैक्षिक सत्र पूरा
गर्न कृषिको स्नातकलाई चार वर्ष पूरा लाग्ने पाठ्यक्रम छ । रामपुर क्याम्पसका
प्रमुख श्याम शंकर झा भने हाल संचालित पाठ्यक्रमका विद्यार्थीहरुको स्तर बजारमा
नहेरी नया पाठ्यक्रम परिवर्तन गर्न नहुने जिकिर गर्नुहुन्छ । उहाले परिवर्तन
गर्न लागिएको पाठ्यक्रमको पनि औचित्य नभएको टिप्पणी गर्नुभयो । तर उहा विद्या
परिषद् र सम्बन्धित विषयगत समितिको सदस्य हुनुहुन्छ ।

0 Comments:
Post a Comment
<< Home